बयलवास – सर्लाहीको ईश्वरपुरमा शुक्रबार १६२ जना किशोरीहरुलाई स्वास्थ्य स्वच्छता किट प्रदान गरिएको छ ।
ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिड्रेनको सहयोगमा सञ्चालन गरिरहेको लैगिंकताका आधारमा हुने भेद्भाव अन्त्य कार्यक्रम परियोजना अन्तर्गत ईश्वरपुर नगरपालिकाभित्रका १६२ जना किशोरीहरुलाई स्वास्थ्य स्वच्छता किट प्रदान गरिएको हो । उक्त किटमा एउटा झोलासहित सेनटरी प्याड, सेम्फु, सरफ, साबुन लगायतका सरसफाईका १६ किसिमका सरसामग्री रहेका ग्रामीण नारी उत्थान संघले जनाएको छ ।
ईश्वरपुर नगरपालिका–७, स्थित बर्थिङ सेन्टरमा सोही वडाका वडाध्यक्ष सुरत सिंहको अध्यक्षता तथा नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरि दाहालको प्रमुख आतिथ्यतामा किशोरीहरुलाई स्वास्थ्य स्वच्छता किट प्रदान गरिएको उक्त परियोजनाका अधिकृत चन्द्रशेखर सहनीले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतो, ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु प्रसाद चालिसे, सचिव सूर्य प्रसाद चालिसे लगायतको उपस्थिति रहेको थियो ।