logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी तरकारी बजारको अध्यक्षमा मगर


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको सबैभन्दा ठूलो तरकारी बजार संचालन गरिरहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीको नयाँ नेतृत्व चयन भएको छ ।

आइतवारदेखि सुरु भएको विभिन्न चरणको भेलाबाट मंगलवार लालबन्दी बस्तीपुरका तोरन बहादुर मगर अध्यक्ष रहने गरी थोक तरकारी बजारको नयाँ समिति गठन गरिएको हो । कृषि विभागबाट आएका प्रतिनिधिहरुका रोहबरमा व्यापारी मगरको अध्यक्षतामा नयाँ समिति बनाइएको हो ।

समितिमा व्यापारीहरुबाट बाबुलाल योन्जन, जगिरा मियाँ, किसानहरुबाट पशुपती शर्मा, योगेन्द्र महतो, वसन्ती पौडेल सदस्य रहेका छन् ।

यस्तै, समितिमा लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपानेसहित कृषि ज्ञान केन्द्र र जिल्ला समन्वय समितिबाट तोकिएका व्यक्ति सदस्य रहने छन् । समितिमा कार्यालयका प्रमुख शम्भुप्रसाद घिमिरे सदस्य सचिव हुनेछन् ।