बागमती – आयोजक ऊँ युवा क्लबको रातो टिम सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा चलिरहेको तेस्रो मेयर कपमा सेमिफाइनल प्रवेश गरेको छ ।
बिहिवार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा वडा नं. १२ लाई ट्राईब्रेकरमा ५–४ गोलले पराजित गर्दै आयोजकले सेमिफाइनलमा वडा नं. ८ सँगको भेट पक्का गरेको हो । वडा नं. ८ हिजो भएको खेलमा दुई पटकको मेयर कपको बिजेता वडा नं. २ लाई पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगितामा सुक्रवार अन्तिम क्वार्टर फाइनल खेलमा वडा नं. ५ र ३ ले खेल्ने छन् । वडा नं. ६ भने यसअघि नै पहिलो खेल जिती बाई पाएर सिँधै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
बिहिवारको खेलमा बिजेता टिम आयोजकका गोलरक्षक दीपेश राई म्यान अफ दि म्याच बनेका संचारकर्मी राजु लो तामाङले जानकारी दिए ।