बागमती – दुई पटक उपाधि जितिसकेको बागमती नगरपालिका वडा नं. २, सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा शनिवारको खेलमा बिजयी भएको छ ।
वडा नं. ९ लाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन वडा नं. २ बिजयी भएको हो । शनिवारको खेलमा वडा नं. २ का अशोक घलान म्यान अफ दि म्याच बने ।
प्रतियोगितामा आइतवार वडा नं. ५ र १० ले प्रतिस्पर्धा गर्ने कार्यक्रम संचालक एवं संचारकर्मी राजु लो तामाङले जानकारी दिए ।
बागमती नगरपालिकाको आर्थिक सहयोगमा बिहिवारबाट स्थानीय ऊँ युवा क्लबले प्रतियोगिता आयोजना गरिरहेको हो । प्रतियोगिताको बिजेताले ५१ हजार र उपबिजेताले २५ हजार नगद पुरस्कारसहित शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।
कात्तिक १६ गतेसम्म संचालन हुने प्रतियोगितामा नगरपालिकाको १२ वटै वडाबाट एक÷एक वटा र आयोजक ऊँ युवा क्लबको तर्फबाट एउटा गरी जम्मा १३ वटा टिमले सहभागिता जनाएका छन् ।