बयलवास – सर्लाहीको ईश्वपुर नगरपालिका–६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था प्रदेश २ कै उत्कृष्ट सहकारी घोषित भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) को सोमवार ३४ औँ स्थापना दिवसको अवसरमा यो वर्ष स्वस्तिक सहकारीलाई प्रदेश २ को उत्कृष्ट सहकारी संस्था घोषणाा गरिएको हो । संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीले मंगलवार प्रेस विज्ञप्ती निकालेर संस्था प्रदेशभरीकै उत्कृष्ट भएकोमा खुसी व्यक्त गर्दै संस्थालाई यो अवस्थासम्म ल्याउन सहयोग पु¥याउने शेयर सदस्यदेखि सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
अध्यक्ष कार्कीले सहकारीको आदर्श र सिद्धान्त अनुसार संचालन भइरहेको संस्था आगामी असोजमा २१ औँ वार्षिक साधारण सभाको तयारीमा रहेको उल्लेख गरेका छन् । स्वस्तिकले गत वर्ष कोरोना संक्रमणकै बीचमा पनि मुनाफा आर्जन गरेर शेयर सदस्यहरुलाई १८ प्रतिसत लाभांश वितरण गरेको थियो ।