logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा फुटबल खेलाडी बोकेको पिकअप दुर्घटना, २० जना बढी घाईते


  • उज्यालो अभियान

दुर्घटनामा परेको पीकअप । (तस्बीर सौजन्य : अशोक घिमिरे)

लालबन्दी – सर्लाहीको लालबन्दीमा आज अपरान्ह पिकअप भ्यान दुर्घटना हुँदा २० जना भन्दा बढी घाईते भएका छन् ।

परवानिपुरमा फुटबल खेल्न खेलाडी बोकेर जाँदै गरेको प्रदेश–२–०३००१ च ०८४६ नम्वरको पिकअप लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौर अगाडि अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा घाईते भएकामध्ये गम्भीर अवस्थाका ९ जनालाई अन्यत्र रेफर गरिएको र अरु १०÷१२ जनाको लालबन्दीकै मोडेल र गढिमाई अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए ।

उनले घाईतेहरुको परिचय खुलाउन र एकिन सङ्ख्या खुलाउने काम भइरहेको बताए । दुर्घटनाका अधिकांश घाईते लालबन्दी नगरपालिका–९, बस्तीपुरका रहेका वडाध्यक्ष गोपाल प्रसाद घिमिरेले जानकारी दिए ।

वडाध्यक्ष घिमिरेले घाईतेको भर्खरै उद्धार कार्य सकिएकाले दुर्घटनाबारे विस्तृत विवरण खुल्न बाँकी रहेको बताउनु भएको छ । दुर्घटनापछि पिकअपका चालक फरार छन् ।