द भ्वाइसको टप १२ मा पुगेका गिरीद्वारा भोटका लागि अपिल(यसरी गर्न सकिन्छ भोट)

बरहथवा – गीतसंगीतमा आफ्नो भविष्य देखिरहेका युवा संगीतकर्मी कर्णराज गिरी यतिबेला गायन रियालिटी शो ’द भ्वाइस अफ नेपाल’को तेस्रो सिजनको टप १२ मा छन् ।

सर्लाहीको हजरिया निवासी कर्ण चर्चित गायन रियालिटी शो ’द भ्वाइस अफ नेपाल ३’ को टप १२ मा पुग्ने सर्लाही मात्र नभई प्रदेश नम्बर २ कै एक्ला प्रतियोगी हुन् । संगीत प्रतिको सम्पर्णकै कारण ब्लाइन्ड , ब्याटल र नकआउट चरण पार गर्दै कर्ण भोटिङ राउण्डसम्म पुगेका छन् ।

आफ्नो संगीतको परिश्रमले विस्तारै यात्रालाई सहज बनाइरहेको कर्णले बताएका छन् । उनले आफुलाई भोट गरेर आगाडीको राउण्डमा बढाउन ÷ पुर्याउन समेत अपिल गरेका छन् ।

‘मेरो मेहनतले सफलता पाउने आधारनै तपाइँहरुको मत हो । त्यसैले आफ्नो अमुल्य मतका लागि जिल्लावासी तपाइँ सम्पूर्णसंग अपिल गर्दछु’ कर्णले भने । उनि जिल्ला नभई प्रदेशबाट आउने मायामा विश्वस्त छन् ।

’देशभरका गायकहरुसंग प्रतिष्पर्धा गर्दै तय गरेको यात्रालाई अगाडी बढाउने अभिभारा अब दर्शकमा गएको छ’ उनले भने ,‘मेरो गायनले निर्णायक झैँ दर्शकहरूको पनि मन जितिरहेको छ भन्नेमा आशावादी छु ।’

सांगीतिक यात्रा अगाडी बढाउन ट्याक्सी चालक समेत बनेका कर्णले औपचारिक शिक्षा हजरिया स्कुलबाट नै लिएका हुन् । उनलाई प्रभु पे एप मार्फत पनि भोट गर्न सकिन्छ । उक्त एपमा ०७ (07) मा भोट गर्नु पर्ने हुन्छ ।

यस्तै , मोबाइलबाट पनि म्यासेज बक्समा 07 टाइप गरेर 37000 मा सेन्ड गर्नु पर्ने हुन्छ ।