logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मकै खेतीलाई प्रवद्र्धन गर्न हरिवनमा किसानलाई बाँडियो मेसिनरी औजार


  • उज्यालो अभियान

अत्रौली – सर्लाहीको हरिवन नगरपालिकाले मंगलवार व्यावसायिक रुपमा मकै खेती हुने वडा नं. २ का किसानलाई कृषिप्रति पोत्साहन गर्ने उद्देश्यले विभिन्न मेसिनरी औजारहरु वितरण गरेको छ ।

वडा नं. २ भित्र रहेका कृषक समूहहरुलाई हिजो मकै गोड्ने मेसिन, हाते ट्याक्टर, स्प्रे ट्यांकी, कम्बाइन मिल, पम्पीसेट लगायत कृषि कार्यका लागि आवश्यक पर्ने मेसिनरी औजारहरु वितरण गरिएको हो । हरिवन र लालबन्दी नगरपालिकाको सीमामा पर्ने ठाडो कुलो, तिनसुरे, लालभित्ती र शिकारी टोलमा ३० लाख रुपैयाँ बराबरको सामग्री वितरण गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल, वडा नं. २ का वडाध्यक्ष अर्जुन महतो, वडा नं. ६ का वडाध्यक्ष प्रल्हाद बुढाथोकी लगायतको उपस्थितिमा किसानलाई मेसिनरी औजारहरु बाँडिएको हो ।