logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्वोच्चको फैसलालाई स्वागत गर्दै सर्लाहीका ५ स्थानमा दीप प्रज्वलन (तस्बिरसहित)


  • उज्यालो अभियान

लालबन्दी – सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको खुसीयालीमा सोमवार साँझ सर्लाहीका ५ स्थानमा दीप प्रज्वलन गरिएको छ ।

अदालतको सो फैसलालाई स्वागत गर्दै विपक्षी गठवन्धन र नेपाली कांग्रेसले दीप प्रज्वलन कार्यक्रम गरेको हो । लालबन्दीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले बेग्लाबेग्लै रुपमा दीप प्रज्वलन गरेका छन् ।

न्याय र जनताको पक्षमा फैसला भएको खुसीमा अगुवा नेता कार्यकर्ता भेला भएर दीप प्रज्वलन गरिएको कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले जानकारी दिए । माओवादी केन्द्र लालबन्दीले पनि बेग्लै स्थानमा दीप प्रज्वलन गरेर सर्वोच्चको निर्णयलाई स्वागत गरेको पार्टीका नेता लेखाराम जर्गा मगर (अर्जुन) ले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।

हरिवनमा विपक्षी गठवन्धनको तर्फबाट संयुक्त रुपमा दीप प्रज्वलन गरिएको छ । कांग्रेस, माओवादी केन्द्र लगायत दलका नेताहरु सहभागी भएर दीप प्रज्वलन गरिएको कांग्रेस हरिवनका सचिव निरोज कार्कीले उज्यालोकर्मी खत्रीसँग बताए ।

हरिवनको दीप प्रज्वलन ।

बागमतीमा कांग्रेस नगर समितिले दीप प्रज्वलन गरेको नगर सभापति दीपक कुमार रानाभाटले जानकारी दिए ।

बागमतीको दीप प्रज्वलन ।

ईश्वरपुर नगरपालिकाको बयलवास बजारमा पनि अदालतको निर्णयलाई स्वागत गर्दै दीप प्रज्वलन गरिएको कांग्रेसका नगर सभापति बेचु प्रसाद तिमल्सिनाले उज्यालोसँग बताए ।

ईश्वरपुरको दीप प्रज्वलन ।

सदरमुकाम मलंगवामा भने संयुक्त गठवन्धनको तर्फबाट ¥यालीसहित दीप प्रज्वलन गरिएको छ । बजार क्षेत्र परिक्रमा गरेको ¥याली शहीद चौकमा आएर कोण सभासहित दीप प्रज्वलन गरेर समापन गरिएको कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहले जानकारी दिए ।

मलंगवाको कार्यक्रम ।