लालबन्दी – संसद पुनःस्थापना र पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भएको आदेशको स्वागतमा कांग्रेसका नेता कार्यकर्ताहरुले अहिले साँझ सर्लाहीका विभिन्न स्थानमा दीपावली गर्दैछन् ।
लालबन्दीमा यस क्षेत्रका कांग्रेस अगुवा नेता कार्यकर्ता सहभागी भएर दीपावलीको तयारी भइरहेको नगर सभापति प्रशान्त आचार्यले उज्यालो अभियानकर्मी जनार्जन खत्रीलाई जानकारी दिए । हरिवनमा पनि सर्वोच्च अदालतको आजको आदेशलाई स्वागत गर्दै दीपावलीको तयारी भइरहेको कांग्रेस हरिवनका नगर सचिव निरोज कार्कीले बताए ।
बयलवासमा पनि दीप प्रज्वलनको तयारी भइरहेको नगर सभापति बेचु प्रसाद तिमल्सिनाले उज्यालो अभियानकर्मी खत्रीलाई जानकारी गराए ।
सदरमुकाम मलंगवामा भने ¥यालीको तयारी भइरहेको छ । पार्टी कार्यालयबाट ¥याली निकाल्ने तयारी भइरहेको कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहले जानकारी दिए ।