हरिवनमा भएको प्रदर्शन ।
लालबन्दी – प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सोमवार बिहान सर्लाहीका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।
नेकपा एमालेको अध्यक्ष समेत रहनुभएका ओलीको समर्थनमा उहाँ निकट पार्टीका नेता कार्यकर्ताहरुले लालबन्दी, हरिवन, बरहथवा र मलंगवामा एकसाथ ¥याली निकालेर प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री ओलीको समर्थन र विपक्षी गठवन्धनले चालेका कदमहरुको विरोधमा प्रदर्शन गरिएको ओली निकट एमाले नेताहरुले बताएका छन् ।
लालबन्दीमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियू र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा भएको प्रदर्शनमा एमाले ओली समूहका जिल्ला अध्यक्ष राजनारायण साह, पार्टीका पूर्व जिल्ला अध्यक्ष एवं ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटा, केन्द्रीय सदस्य बद्री न्यौपाने लगायत सहभागी भएका खेलकुद महासंघका केन्द्रीय सचिव प्रभुनारायण शिवकोटी (श्याम) ले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।

यस्तै, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनामा हरिवनमा भएको प्रदर्शनमा किसान संघका केन्द्रीय महासचिव राजकुमार उप्रेती, भूमि सम्वन्धी समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष राजकुमार यादव, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल, युवा संघका जिल्ला अध्यक्ष जोनिस पाख्रिन, नेता रमेश चौलागाईँ लगायत सहभागी भएका युवा संघका अध्यक्ष पाख्रिनले हामीसँग बताए ।
प्रधानमन्त्री ओलीको समर्थनमा सदरमुकाम मलंगवामा मोटरसाइकल ¥याली निकालियो । अनेरास्ववियूका जिल्ला संयोजक समिमबाबु खानको नेतृत्वमा मोटरसाइकल ¥याली निकालिएको हो ।

यसैगरी, ओली निकट जिल्ला कमिटीको आयोजनामा बरहथवामा भएको कार्यक्रममा सो समूहका जिल्ला सचिव केदार खत्री, पूर्व सांसद हरि उप्रेती, नेतृ कल्पना कटुवाल लगायत उपस्थित भए ।
