logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मेरुदण्ड भाँचिएर थला परेका बजगाईँलाई आर्थिक सहयोग


  • उज्यालो अभियान

हरिवन – चार वर्षअघि सवारी दुर्घटनामा परेर मेरुदण्ड भाँचिएपछि थला परेका सर्लाहीको हरिवन नगरपालिका–१, केराबारीका मदन कुमार बजगाईलाई सुक्रवार आर्थिक सहयोग गरिएको छ ।

हरिवन मूल घरभई हाल अमेरिकामा बस्ने एक मनकारी युवाको व्यक्तिगत सहयोगमा बजगाईलाई १० हजार रुपैयाँ बराबरको खाद्यान्न र स्टेशनरी समान हस्तान्तरण गरिएको हो । बजगाईलाई केही समय अघिपनि यस किसिमको सहयोग गरिएको थियो ।

उनको परिवारमा श्रीमती ज्ञान कुमारीसहित ७ जना छन् । बजगाईको दयनीय स्वास्थ्य अवस्था देखेर समाजसेवी भरत कुमार कार्कीले पनि सुक्रवार नै उनलाई व्यक्तिगत तर्फबाट २ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

शरीरको तल्लो भागमा घाउ नै घाउ भएर थला परेका बजगाईलाई तत्काल प्राथमिक उपचारका लागि औषधिको व्यवस्था गर्ने र सम्पूर्ण उपचारमा लागि ४ लाख बढी खर्च लाग्ने भएकाले त्यसका लागि सहयोग संकलन गर्न अभियान चलाउने प्रतिवद्धता जनाएको समाजसेवीयुवा युवराज भण्डारीले जानकारी दिए ।