लालबन्दी – लालबन्दी नगरपालिकाले नेपाली कांग्रेस लालबन्दी नगर समितिले उठाएका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाएको छ ।
नगर प्रमुख मानबहादुर खड्काले सुक्रवार कांग्रेसका नेताहरुसँग छलफल गर्दै नगरपालिकामा खर्चको पारदर्शिताको विषयमा उठाइएका मागहरु सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कांग्रेस नेताहरुले असार १० गते नगर सभा चलिरहेका बेला विभिन्न ७ बुँदे माग राखेर नगर प्रमुख खड्कालाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका थिए ।
कांग्रेसले जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नगरपालिकामा भए/गरेका हालसम्मका खर्च सार्वजनिक गर्नुपर्ने, नगरको योजना व्यक्ति र जनप्रतिनिधि निकट व्यक्ति भन्दा पनि नागरिकमुखी हुनुपर्ने लगायतको माग राखेको छ ।
नगर प्रमुख खड्काले आगामी साउन १५ गतेभित्र कांग्रेसले उठाएका मागहरु सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
छलफलमा नेपाली कांग्रेस लालबन्दीका सभापति प्रशान्त आचार्य, महासमिति सदस्य दीपक अधिकारी, महासमिति सदस्य हरि गोले, महाधिवेशन प्रतिनिधि इन्द्र योन्जन, नगर सदस्य कुमार पुरीलगायतको उपस्थिति रहेको थियो ।