logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

बरहथवामा ३१ जनाद्वारा रक्तदान


  • उज्यालो अभियान

बरहथवामा आयोजित रक्तदान शिविर । (तस्बीर : उज्यालो अभियान)

बरहथवा – सर्लाहीको बरहथवामा आइतवार ३१ जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लब अफ सर्लाही बरहथवाले बरहथवा नगरपालिका–६, स्थित विश्व शान्ति हलमा आयोजना गरेको रक्तदान शिविरमा २९ जना पुरुष र दुई जना महिला गरी ३१ जनाले रक्तदान गरेका हुन् । संकलित रगत नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र वीरगन्ज, पर्सा पठाइएको आयोजक क्लबका अध्यक्ष अमरेन्द्र कुमार सिंहले उज्यालो अभियानसँग बताए ।कोरोना भाइरसको संक्रमणका कारण रगतको बढ्दो अभावलाई मध्यनजर गरी रक्तदान शिविर आयोजना गरेको सिंहले जनाए । उनका अनुसार बरहथवामा रहेका मिथिला आदर्श युवा क्लब र आकाश दीप युवा क्लबको सहयोगमा रक्तदान शिविर सम्पन्न गरिएको हो ।

रक्तदान शिविर संचालनका लागि वीरगन्जको रक्त संचार केन्द्रबाट सौरभराज पाण्डेको नेतृत्वमा पाँच जना स्वास्थ्यकर्मीको टोली आएको थियो ।

समाजसेवी, युवा, व्यापारी, कर्मचारी र सशस्त्र प्रहरीले रक्तदान गरेको शिविरमा बरहथवा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मोहम्मद आफताब आलम समेत सहभागी हुनुभएको आयोजक लायन्स क्लब अफ सर्लाही बरहथवाले जनाएको छ ।