logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

स्वास्थ्य सामग्री सहयोग


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीको जिल्ला अस्पताल मलंगवा र विभिन्न स्वास्थ्य चौकीहरुलाई हिजो (बिहिवार) स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

आड्रा नेपालको सहयोग र बागमती सेवा समाज नेपालको साझेदारीमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

बिहिवार जिल्ला अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवल किशोर झालाई बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले पी.पी.ई. ५० सेट, थर्मल गन १ थान, सर्जिकल मास्क ५०० थान, एन-९५ मास्क १०० थान, ग्लोभ्स ५०० थान र फेसशिल्ड १०० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

यसैगरी, ब्रम्हपुरी गाउँपालिकाको ब्रम्हपुरी र त्रिभुवन नगर स्वास्थ्य चौकी, चन्द्रनगर गाउँपालिकाको किसनपुर र बबरगन्ज स्वास्थ्य चौकी, हरिपूर्वा नगरपालिकाको हरिपूर्वा र धनकौल स्वास्थ्य चौकीलाई पी.पी.ई. १० सेट, थर्मल गन १ थान, सर्जिकल मास्क ५०० थान, एन-९५ मास्क २५ थान, ग्लोभ्स ५०० थान र फेस शिल्ड १०० थानका दरले प्रदान गरिएको संस्थाले जनायो ।