फोटो क्याप्सन ः चन्द्रनगर गाउँपालिकामा सूरु भएको घुम्ती सहयोग केन्द्र । (तस्बिर : उज्यालो अभियान)
चन्द्रनगर – कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने उद्देश्यले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कोभिड १९ घुम्ती सहयोग केन्द्र सुरु गरिएको छ ।
दौंतरी र भोर नामक संस्थाको सहकार्यमा घुम्ती सहयोग केन्द्र सुरु गरिएको हो । यस अभियान अन्तर्गत स्थानीयहरुको स्वास्थ्य परीक्षणसँगै कोरोना संक्रमण पुष्टी भएका संक्रमितहरुलाई घर–घरमै पुगेर पौष्टिक आहार तथा औषधि प्रदान गरिने भोर संस्थाका अध्यक्ष पचुलाल माझीले बताए । उनका अनुसार चन्द्रनगरका सातवटै वडाका ३० भन्दा बढी स्थानमा आगामी १० दिनसम्म अभियान संचालन गरिने छ । प्यारामेडिक्स, नर्स र प्याथोलोजी सहित चार जना स्वास्थ्यकर्मीको टोली र १० जना भोलेन्टियर सहितको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको स्वास्थ्य सूरक्षाको सम्पूणर् उपाय अपनाउँदै घुम्ती सहयोग केन्द्र संचालन गरिरहेको भोरका कोषाध्यक्ष उमेश कुमार साहले बताए । कार्यक्रममा भोरका संस्थापक अध्यक्ष राजकुमार महतोको विशेष समन्वय रहेको बताईएको छ ।