logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

एनआरएनए जर्मनीद्वारा दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग


  • उज्यालो अभियान

लालबन्दी – एनआरएनए जर्मनीले सर्लाहीको लालबन्दी स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

लालबन्दी नगरपालिकाले अस्थायी कोभिड अस्पतालको रुपमा संचालन गरिरहेको केन्द्रका लागि असिक्जन कन्सन्ट्रेटर प्राप्त भएको हो । प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष एवं लालबन्दी नगरपालिका-९, का वडाध्यक्ष गोपाल प्रसाद घिमिरे, नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव श्याम शिवाकोटी, उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, केन्द्रकी निमित्त इन्चार्ज डा. प्रगति राना लगायतको उपस्थितिमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको केन्द्रका हेल्थ असिस्टेन्ट राज कुमार सिंहले जानकारी दिए ।

एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपाने, महिला विभाग प्रमुख सुनिता थापा लगायतको पहलमा पठाइएको उक्त सामग्री सुक्रवार बिहान हस्तान्तरण गरिएको हो । विद्युत्बाट संचालन हुने अक्सिजन कन्सन्ट्रेटरले हाम्रै वरपरको हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीसम्म पुर्‍याउने काम गर्छ ।

प्राथमिक स्वास्थ्य केन्द्रले अक्सिजन आवश्यक पर्ने कोरोना सङ्क्रमितलाई भर्ना गरेर उपचार गर्दै आएको छ । केन्द्रले कोरोना सङ्क्रमितको उपचारका लागि २५ बेड तयार पारेको छ । जहाँ अहिले एक जना सङ्क्रमितलाई अक्सिजनको सहयतामा उपचार गरिरहेको केन्द्रले जनाएको छ ।