logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

भर्चुअल माध्यमबाट बस्यो एमाले सर्लाहीको २० औँ विस्तारित बैठक


  • उज्यालो अभियान

हरिवन – नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको २० औँ विस्तारित बैठक हिजो (सोमवार) भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकलाई वरिष्ठ नेता नेपालसँगै पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी र केन्द्रीय सदस्य लक्ष्मण पौडेलले सम्वोधन गरेका थिए ।

पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटी सदस्य स्वर्गिय रघुनाथ चौधरी र ललिता देवी चौधरीलगायत कोरोना संक्रमण र अन्य कारणले दुःखद निधन हुनुभएका सबैप्रति श्रद्धान्जली व्यक्त गरेको छ । बैठकमा प्रमुख अतिथि वरिष्ठ नेता नेपालले बिरामी भई अस्पताल भर्ना भएका वरिष्ठ नेता झलनाथ खनालसहित कोरोना संक्रमण र अन्य कारणले बिरामी परेकाहरुको स्वास्थ्य लाभको कामना गरेका पार्टीका नेता चूडामणि वाग्लेले जानकारी दिए ।

जिल्ला कमिटी सचिव बेची लुंगेलीले संचालन गरेको बैठकले केन्द्रमा गठन भएको आयोजक कमिटी अमान्य रहेको ठहर गर्दै अब चाँडै स्थानीय तहसम्मका कमिटी गठनको प्रक्रियालाई अघि बढाउने निणर्य गरेको छ ।