हरिवन – सर्लाही क्षेत्र नम्बर ४ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सांसद् वीरेन्द्र प्रसाद सिंहले महिला, युवा तथा खेलकुद मन्त्रीकाे पदभार ग्रहण गरेका छन् ।
बुधबार राती ११ बजे मन्त्रालयमा पुगेर सिंहले कार्यभार सम्हालेका हुन् । पदभार ग्रहण गर्ने क्रममा मन्त्री सिंहले दलित सशक्तिकरण सम्बन्धी फाईल सदर गरेका छन् । अहिले (बिहिबार) मन्त्रालयका कर्मचारीहरुसँग परिचयात्मक कार्यक्रम राखेकाे मन्त्री सिंहले उज्यालाे अभियानलाई बताए ।
बुधबार साँझ प्रदेश दुई सरकारका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट निर्बाचित सिंहलाई महिला, युवा तथा खेलकुद मन्त्री, कांग्रेस संसदीय दलका नेता रामसराेज यादवलाई भाैतिक मन्त्रालय तथा
ओमप्रकाश शर्मालाई खानेपानी तथा सिँचाई मन्त्रीमा नियुक्त गरेका थिए ।
खेलकुद मन्त्री सिंह नेपाली कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहका भाई हुन् ।
तिनैजना मन्त्रीलाई बुधबार राती नै प्रदेश प्रमुख राजेश झाले पद तथा गाेपनियताकाे शपथ खुवाएका थिए ।
फाेटाे क्याप्सन : बुधबार राती मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री वीरेन्द्र प्रसाद सिंह । (तस्बिर : उज्यालाे अभियान)