logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नवलपुर तेक्वान्दो डोजाङ्गलाई खेलकुद सामग्री सहयोग


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१, मा रहेको नवलपुर तेक्वान्दो डोजाङ्गलाई मंगलवार वडा कार्यालय र नेपाल खेलकुद महासंघले खेलकुद सामग्री सहयोग गरेको छ ।

लालबन्दी १ का वडाध्यक्ष पन्चलाल स्याङ्बो र नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य राजु थापाले संयुक्त रुपमा ५५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गरेका हुन् ।

लिटिल फ्लावर बोडिङ्ग स्कुलको प्रांगणमा आयोजित खेलकुद सामग्री वितरण कार्यक्रममा वडाध्यक्ष स्याङ्बो, खेलकुद महासंघका केन्द्रीय सदस्य थापा, बोडिङ्गका प्रिन्सीपल सुरज लामा, नवलपुर तेक्वान्दो डोजाङका प्रशिक्षक दीपक श्रेष्ठ, खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।