कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ ।
लालबन्दी – नेपाल विद्यार्थी संघले लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई सोमवार स्वागत गरेको छ ।
नेपाली काँग्रेस निकट नेविसंघ क्याम्पस इकाई समितिले नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा शुभकामना आदानप्रदानसँगै क्याम्पसको स्नातक तह पहिलो वर्षमा भर्ना भएका सबै संकायका विद्यार्थीहरुलाई एकसाथ स्वागत गरेको हो ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ सर्लाही शाखामा काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनको तर्फबाट निर्वाचित अध्यक्ष टंकबहादुर क्षेत्री र अन्य पदाधिकारीहरुलाई सम्मान गरिएको नेविसंघको क्याम्पस इकाई समितिका सभापति सुमितराज काफ्लेले जानकारी दिए ।
काफ्लेकै अध्यक्षता तथा काँगे्रसको आमन्त्रित केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई स्वागत तथा पत्रकार महासंघका पदाधिकारीहरुलाई सम्मान गरिएको नेविसंघले जनाएको छ ।
कार्यक्रममा काँग्रेसको जिल्ला कार्य समितिका कोषाध्यक्ष बाबुकाजी प्रधान, १ नम्वर क्षेत्रका क्षेत्रीय सभापति प्रमोद बराल, नगर सभापति प्रशान्त आचार्य, काँगे्रसको तर्फबाट लालबन्दी नगरपालिकाको उपमेयरकी प्रत्यासी पम्फा लामा, विद्यार्थी नेताहरु योगराज देवकोटा, नारायण गुर्मछान, निलम मैनाली, मनोज बख्रेल, अभिमन्यू चौधरीलगायतको उपस्थिति रहेको थियो ।