बलरा – सर्लाहीको बलरा नगरपालिका–९, डुमरियामा बिहिवार आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १११ जनाको निःशुल्क औषधोपचार गरिएको छ ।
सत्यम फार्मेसी डुमरियाले आयोजना गरेको शिविरमा सो संख्याका स्थानीय वासिन्दाले सेवा लिएका हुन् । आर्थिक अभावमा प्राथमिक उपचार समेत नपाइरहेका स्थानीय विपन्न तथा गरिब परिवारले शिविरमा औषधोपचार गराएका छन् ।
शिविर आयोजना गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय गडहीयाले समेत सहयोग गरेको थियो ।