logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम


  • उज्यालो अभियान

बागमती – सर्लाहीको ईश्वरपुर नगरपालिकाभित्रका शिक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

समुन्नति परियोजना अन्तर्गत एकीकृत पाठ्यक्रममा कक्षा १ को शिक्षकहरुको क्षमता अभिवृृद्धि तालिम सुरु भएको हो । होटेल सीता प्यालेस बागमतीमा वुधवारदेखि सुरु भएको तालिम चैत २५ गतेसम्म संचालन हुने छ ।

ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजना, शैक्षिक तालिम केन्द्र बाराको प्राविधिक सहयोग, ईश्वरपुर नगरपालिकाको समन्वय र सेभ द चिड्रेनको सहयोगमा तालिम आयोजना गरिएको हो । ईश्वरपुर नगरपालिकाभित्रका ३९ वटा विद्यालयमध्ये केही समयअघि एक चरणमा आधाजसो विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरिसकेको छ ।

यो पटक यसअघि छुटेका विद्यालयका शिक्षकहरुलाई समेटिएको सो परियोजना अन्तर्गत शिक्षा कार्यक्रम हेर्ने शिवशंकर चौधरीले जानकारी दिए । तालिममा सहभागी शिक्षकहरुलाई शैक्षिक तालिम केन्द्र बाराका प्रमुख गोपालप्रसाद कँडेल, प्रशिक्षक एवं विषयगत शिक्षकहरु महन्थ चौधरी, गिरिराज राना, मनोजप्रसाद साह र उमेशलाल कर्णले बालमैत्री वातावरणमा पठनपाठन गराउने सीपसहित अन्य विषयमा प्रशिक्षण प्रदान गर्ने आयोजकले जनाएको छ ।

ईश्वरपुरका शिक्षकहरुसँगै वुधवारबाटै गोडैता नगरपालिकाका शिक्षकहरुका लागि पनि यस्तै प्रकारको तालिम सुरु भएको छ । तालिमको वुधवार सेभकी एजुकेशन टेक्नीकल मेनेजर डा. नरमाया थापाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।