logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवामा जारी क्रिकेट खेलमा सनराईज मदनपुर सेमीफाइनलमा प्रवेश


  • उज्यालो अभियान

मलंगवा – सदरमुकाम मलंगवामा जारी खुल्ला टि–ट्वन्टी क्रिकेट प्रतियोगितामा सुक्रवार सम्पन्न दोस्रो क्वाटर फाइलन खेलमा सनराइज मदनपुरले कौडेना पर्सालाई ७ विकेटले पराजित गर्दै सेमीफाइलनमा प्रवेश गरेको छ ।

दुर्गापूजा समिति जिल्ला विकास चोक मलंगवा–१० ले तिनबिघे मैदानमा आयोजना गरिरहेको यस प्रतियोगिता अन्तर्गत सुक्रवारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कौडेना पर्साले निर्धारित २० ओभरको खेलमा १७.२ ओभरमै अलआउट हुँदै ५९ रन मात्र जोड्न सक्यो ।

कौडेना पर्साका लागि अलि हसनले सर्बाधिक १० रन बनाए । अलि बाहेक अरु खेलाडीले दोहोर अंक छुनै सकेनन् । ५९ रनमा समेटिएको कौडेना पर्सालाई हराउन मदनपुरका अमिर कुमारले सर्बाधिक ३, छोटु सिंह र अमितले समान २÷२ विकेट हात पारे ।

६० रनको सामान्य लक्ष्य पच्छ्याउँदै मैदानमा उत्रिएको मदनपुरले ५.४ ओभरमा ३ विकेट गुमाउँदै जित हात पा¥र्यो । मदनपुरका लागि छोटु सिंहले सर्बाधिक २२ रन बनाए ।

लक्ष्मीका लागि संजय कुमारले ३ वट विकेट लिन सफल भए । सुक्रवारको खेलको म्यान अफ द म्याच छोटु सिंहलाई प्रदान गरियो । सिंहलाई आयोजक समितिका सदस्य कलामुदिन अन्सारीले ट्रफी प्रदान गरे ।

प्रतियोगितामा अब भोली (शनिवार) तेस्रो क्वाटर फाइनलको खेल गढीमाई जमुनिया र ओम सहार पञ्चकन्याबीच हुने आयोजक समितिका सदस्य समिर मिकरानीले जानकारी दिनुभयो ।