logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवामा जारी क्रिकेटमा नकआउट चरणको खेल सकियो, अन्तिम खेलमा लक्ष्मी–२ को जित


  • उज्यालो अभियान

मलंगवा – सदरमुकाम मलंगवामा जारी टि–ट्वन्टी खुल्ला क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको नकआउट चरणको अन्तिम खेलमा लक्ष्मी–२ ले मलंगवा फिटनेश क्लबलाई ८ विकेटले पराजित गरेको छ ।

पहिले टस जितेर व्याटिङ गरेको मलंगवा फिटनेश क्लबले २० ओभरको निर्धारित खेलमा १६.४ ओभरमा अलआउट हुदैं ९७ रन बनाएको थियो । फिटनेश क्लबका लागि समसाद शेखले ३२ बलमा ५५ रन बनाए । समसादले २ छक्का र ४ चौका प्रहार गरे ।

त्यसैगरी अमन कुमारले १५ जोडे । बाँकी खेलाडीले दोहोर अंक छुनै सकेनन् । फिटनेश क्लबलाई सस्तोमा समेट्ने क्रममा लक्ष्मीका सोनाली कुमार एक्लैले ३ विकेट लिए ।

९८ रनको लक्ष्यसहित जवाफ व्याटिङमा उत्रिएको लक्ष्मी–२ ले १२ ओभरमा लक्ष्य पूरा ग¥र्यो । वुधवारको जितसँगै लक्ष्मी–२ ले क्वाटरफाइनलको यात्रा तय गरेको छ । बिजेता लक्ष्मी–२ का लागि गोविन्दा कुमारले सर्वाधिक नटआउट ५१ रन बनाए । ३२ बलमा ४ छक्का र ३ चौका प्रहार गरी गोविन्दाले सर्वाधिक ५१ रन बनाएका हुन् ।

वुधवारको खेलको म्यान अफ द म्याच गोविन्दालाई नै प्रदान गरियो । उनलाई मलंगवा वडा नं. १० का अध्यक्ष एवं प्रतियोगिताका सल्लाहकार मुकेश झाले ट्रफी प्रदान गरे ।
प्रतियोगिताको क्वाटर फाइनल खेल बिहीवारदेखि हुने आयोजकले जनाएको छ । क्वाटर फाइनलमा योङ स्टार मलंगवा, कौडेना पर्सा, गढीमाई जमुनिया, सनराइज मदनपुर, ओम सहारा पञ्चकन्या मलंगवा, विजडम कोचिङ सेन्टर मलंगवा, सर्लाही एकेडेमी मलंगवा र लक्ष्मी २ मलंगवा पुगेका छन् ।

दुर्गा पुजा समिति जिल्ला विकास चोकले मलंगवा १० स्थित तिनबिघे मैदानमा प्रतियोगिता आयोजना गरिरहेको आयोजक समितिका सदस्य मुकेश प्रजापतिले जानकारी दिए ।