logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

खड्का परिवारद्वारा आश्रमका वृद्धवृद्धालाई भोजन


  • उज्यालो अभियान

आश्रममा भोजन गराउँदै खड्का परिवार ।

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरका पाण्डवबहादुर खड्काको परिवारले मंगलवार जुटपानी आश्रमका वृद्धवृद्धालाई भोजन गराएको छ ।

खड्का र उहाँको परिवारका अन्य सदस्यहरु बिहान आश्रममै पुगेर स्वर्गिय आमा रनकुमारी खड्काको १३ औँ दिनको पुण्य तिथीमा पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका वृद्धवृद्धालाई भोजन गराएका हुन् । आश्रममै आई भोजन गराएकोमा आश्रमका संरक्षक बासुदेव शरण कोइराला, हालकी अध्यक्ष भवानी कोइराला र वृद्धवृद्धाले खड्का परिवारप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

धेरै जनाले अहिले यसरी नै आफ्ना स्वर्गवास् भइसकेका आफन्तको सम्झनामा आश्रमका बुवाआमालाई भोजन गराउने गरेका छन् ।