logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रयोग अवधि नाघेका सामग्री बरामद गरी नष्ट


  • उज्यालो अभियान

म्याद सक्किएका सामग्री नष्ट गरिँदै ।

सन्जु कर्ण/ उज्यालो अभियान, हरिवन – सर्लाहीको हरिवन बजारबाट बरामद भएको म्याद गुज्रिएका अखाद्य वस्तु सोमवार नष्ट गरिएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च हरिवले केहीदिन अघि हरिवन बजारबाट प्रयोग गर्ने म्याद सकिएको समानहरु बरामद गरेको थियो । बजार अनुगमनका क्रममा म्याद गुज्रिएका चाउचाउ, बिस्कुट, चकलेट, हाजमोला, मसला, कुरकुरे, चिउरा, पिठोलगायत किरानाका समानहरु भेटिएको उपभोक्ता हित संरक्षण मञ्च हरिवनकी कोषध्यक्ष अन्जना कडरियाले दिईन् ।

मञ्चका अध्यक्ष दिल बहादुर दाहाल, हरिवन नगरपालिका वडा नं. ११ का अध्यक्ष शेष मेहबुब रेजा, वडा नं. १० का अध्यक्ष शम्भुप्रसाद मैनाली, नेकपा एमालेका नेता बिदुरकुकमार प्याकुरेल, अनिल हमाल, गीता राउत, बिनु प्याकुरेल, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायतको उपस्थितिमा बरामद गरिएको म्याद सक्किसकेर प्रयोग गर्न नहुने भएका समानहरु जलाएर नष्ट गरिएको हो ।