logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मोटरसाइकल चोरी गरी जलाएको आरोपमा एक जना पक्राउ


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको बयलवासमा दाजुको मोटरसाइकल चोरी गरेर जलाएको आरोपमा भाइ पक्राउ परेका छन् ।

ईश्वरपुर नगरपालिका- ६ बयलबास निवासी मुस्तुफा अन्सारीको २२० सिसीको पल्सर मोटरसाइकल घरबाट चोरी गरी नजिकैको नारायण माविको प्राङ्गणमा जलाउने एैसान अन्सारी पक्राउ परेका हुन् ।

एैसान मुस्तुफाका आफ्नै काकाका छोरा हुन् । प्रहरीका अनुसार १६ वर्षीय एैसानले आपसी रिसइबीका कारण मुस्तुफाको प्र -२ – ०३- ०१२ प २६०३ नम्बरको मोटरसाइकल घर नजिकैको विद्यालय प्राङ्गणमा जलाएका छन् । मोटरसाइकल पूण रुपमा जलेको छ ।

पक्राउ परेका एैसानले मोटरसाइकल जलाएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।