logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

महाशिवरात्रीको अवसरमा खोजमूलक कृति विमोचन


  • उज्यालो अभियान

हरिपुर – महाशिवरात्री पर्वको अवसर पारेर श्री लक्ष्मीनाथ चिताइन महादेव विकास समिति हरिपुर-७, चिताइनले एक ऐतिहासिक तथा पुरातात्त्विक एवम् धार्मिक र पर्यटकीय महत्त्व बोकेको खोजमूलक पुस्तक सार्वजनिक गरेको छ।

जनज्योति बहुमुखी क्याम्पस लालबन्दी सर्लाहीका उप- प्राध्यापक देवराज पौडेलद्वारा लिखित पुस्तकले श्री लक्ष्मीनाथ चिताइन महादेवको उद्भव, चिताइन महादेव बृहत् शिवालय क्षेत्रको अवस्था, स्थानीय थारु र दनुवार जातिले मनाउने स्थानीय चाडपर्वहरू, पुज्ने देवी देवताहरूका अतिरिक्त सर्लाही जिल्लाका एक सय शिवालयहरूको सङ्क्षिप्त चिनारी दिने काम गरेको उक्त पुस्तकको एक भव्य समारोहका बिच विमोचन भएको हो ।

श्री लक्ष्मीनाथ चिताइन महादेव नामक उक्त पुस्तक विमोचन कार्यक्रममा प्रदेश नं.२ की माननीय सांसद बेची लुङ्गेली प्रमुख अतिथि रहनुभएको थियो . हरिपुर नगरपालिकाका प्रमुख जमिरुदिन मंसुर, हरिवन नगरपालिकाकी उप-प्रमुख रेणुका पौडेल, पूर्व संविधान सभा सदस्य रञ्जना सरकारको समुपस्थितिमा उक्त पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

साहित्यिक पत्रकार अच्युत अधिकारी, पुस्तकका सम्पादक सुमन घिमिरे अग्रिम, शिशुकल्याण मा.वि.का प्र.अ. नरहरि धामी, शिक्षक कर्णबहादुर चौहान, पुष्पराज श्रेष्ठ, स्थानीय समाजसेवी,बुद्धिजीवीलगायतको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता श्री लक्ष्मीनाथ महादेव विकास समितिका अध्यक्ष राजेन्द्र धामीले गरेका थिए।