logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पूर्ण अपाङ्ग विकलाई लायन्स क्लबको ह्वील चेयर


  • उज्यालो अभियान

परवानीपुर – सर्लाहीको परवानीपुरका पूर्ण अपाङ्ग एम्बरबहादुर विश्वकर्मालाई बिहिवार लायन्स क्लब अफ लालबन्दी सिटीले एक थान ह्वील चेयर प्रदान गरेको छ ।

घुडा भन्दा तलको भाग नचल्ने विकलाई लालबन्दी नगरपालिका–१६, परवानीपुरमा रहेको उनकै घरमै पुगेर ह्वील चेयर प्रदान गरिएको क्लबका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।

पूर्ण अपाङ्ग विकले सहायता सामग्री पाएपछि खुसी व्यक्त गरे । लायन्स क्लबले यस क्षेत्रमा निरन्तर रुपमा यसरी अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गर्दै आइरहेको छ ।