लालबन्दी – नेपाली गजलका अग्रज पुस्ताका करुण थापा, ज्ञानुवाकर पौडेल, रवि प्राञ्जल, ललिजन रावल, डा. घनश्याम परिश्रमी, गोपाल अश्कलगायतको उपस्थितिमा सर्लाहीका तीन कृति विमोचित भएका छन् ।
सर्लाहीका ५२ जना गजलकारहरूको १० / १० अोटा गजलहरू समावेश गरिएको ” सर्लाहीका प्रतिनिधि गजलकार ” गजल सङ्ग्रहका साथै खण्डकाव्यकार कुमार दाहाल कुसुमको ” मनु मञ्जरी ” र निपातीकार उत्तम दाहालको ” निपाती त ” नामक तीन कृतिहरू विमोचित भएका हुन् ।
काठमाडौँको डिल्लीबजारस्थित होटल पेन्सन भासनाको प्रेक्षालयमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण प्रसिद्ध सञ्चारकर्मी अच्युत घिमिरे बुलबुलले गर्नुभएको थियो । प्रेक्षालयमा सर्जकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
गजल कृतिको सम्पादन विवश पौडेल,कुमार कुसुम,कृष्ण दाहाल र गजलकार कवि सुवेदी कञ्जुसले गरेका थिए । गजलकार लिलाराज दाहाल,वसन्त पौडेल, मनोज बख्रेल,जीवन आचार्य,विवेश प्याकुरेललगायत सर्लाहीका थुप्रै गजलकारहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागी गजलकार तथा कवि सुमन घिमिरे अग्रिमले बताए।