बयलवास – प्रोवशनमा रहेका मध्यतराई क्लस्टर चौथो र पाँचौ का १३ वटा साकोसका व्यवस्थापक र प्रोवेसन कार्यदलका पदाधिकारीहरुले पूर्वान्चलका एक्सेस र प्रोवशन व्राण्ड प्राप्त गरेका तथा गर्ने क्रममा रहेका सोकोसको अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।
चौथो र पाँचौ क्लष्टरका बाराको हातेमालो साकोस, रौतहटको संकल्प साकोस, यसै गरि सर्लाहीको स्वस्तिक साकोस, सूर्यादय साकोस, सगुन साकोस, ग्रमिण साकोस, नन्देश्वर महिला साकोस, नेत्रगन्ज महिला साकोस, डुमडुमे साकोस र चमेली साकोस तथा महोत्तरीको वर्दिवास साकोस, एकिकृत साकोस समेतका १३ वटा साकोसहरुले यही फागुण २० गते देखि २३ गते सम्म पूर्वान्चलका सहारा नेपाल र डाँपे साकोस गरि झापाका दुई र जनचाहाना, लेटाङ, किसान, सूर्यज्योति गरि मोरङका चार गरी जम्मा ६ वटा सकोसहरुको अध्ययन अवलोकन भ्रमण गरिएको भ्रमणमा सहभागि स्वस्तिक साकोसका व्यवस्थापक विनोद कुमार थापाले जानकारी दिए ।
नेत्रगंज महिला साकोसकी अध्यक्ष एवं जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीकी कोषाध्यक्ष मन्दिरा आचार्यको नेतृत्वमा भएको भ्रमणमा नेफस्कून फिल्ड कार्यालय हरिवनका कार्यालय प्रमुख राजेन्द्र ढकाल सहित १० जना महिला र २३ जना पुरुष गरी जम्मा ३३ जनाको सहभागि रहेको नेफस्कून फिल्ड कार्यालय हरिवनका कार्यलय प्रमुख राजेन्द्र ढकालले बताए । १३ वटा सहकारीहरुको संयुक्त रुपमा यसरी एक्सेस तथा प्रोवेसन व्राण्ड प्राप्त गरि सकेका र गर्ने क्रममा रहेको सहकारीको अवलोकन गरेकाले यो भ्रमण उपयोगि भएको भ्रमण टोलिका संयोजक मन्दीरा आचार्यले बताईन् ।
प्रोवेशनको टोलीले भ्रमण गरेकाले आफ्नो सहकारीमा के कस्ता कमी कमजोरी रहेछ भन्ने विषयमा अनुभव आदान प्रदान भएकाले यो भ्रमण महत्वपूर्ण र उपलव्धी मुलक भएको सगुन साकोसका व्यवस्थापक रविन्द्र रानाले बताए ।