logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लालबन्दीमा एमालेको कार्यालय खुल्यो


  • उज्यालो अभियान

लालबन्दी – सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि सर्लाहीको लालबन्दीमा पहिलो पटक एमालेको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

लालबन्दी नगरपालिका–७, मा मंगलबार दिउँसो एमालेको नगर स्तरीय सम्पर्क कार्यालय खोलिएको हो । पार्टीका वरिष्ठ सचिवालय सदस्य एवं क्षेत्र नं. १ का क्षेत्रीय इन्चार्ज रामबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा एमालेका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

अदालतको फैसला र निर्वाचन आयोगको निर्णयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भई पूर्व एमाले र माओवादी केन्द्र ब्यूँतिएपनि बीचमा नेकपाको विभिन्न गुटमा लागेका सर्लाहीका नेता कार्यकर्ताहरु कुन–कुन पार्टीतर्फ लाग्ने भन्ने प्रष्ट भइसकेको छैन् ।