बरहथवा – सर्लाहीको बरहथवामा बहुजन समाज परिषद् नेपालको नगरस्तरीय कार्य समिति पुनर्गठन गरिएको छ ।
मंगलबार सम्पन्न भेलाबाट अध्यक्षमा संजय पासवान चयन भएका छन् । यसअघिका अध्यक्ष शिव दयाल राम जिल्ला सदस्यमा मनोनित भएपछि पासवानलाई नयाँ अध्यक्षमा चुनिएको हो । भेलाले चयन गरेको ४१ सदस्यीय कार्य समितिको महिला उपाध्यक्षमा दुर्गा राउत कुर्मी, सचिवमा हिरेन्द्र महरा, कोषाध्यक्षमा सुनरिया देवी लगायत रहेका छन् ।
भेलालाई सम्वोधन गर्दै परिषद्का राष्ट्रिय प्रभारी राजाराम पासवानले भूमीहिन तथा अनागरिक बनाइएकालाई नागरिकता दिलाउने आन्दोलनमा आफूहरु लागिपरेको बताए ।