लालबन्दी – सर्लाहीको लालबन्दीमा शनिबार जनता समाजवादी पार्टी(जसपा) को नगर समिति समायोजन भएको छ ।
तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएपछि नगर समिति समायोजन गरिएको हो । नेता हिराकाजी लामाको अध्यक्षता तथा पार्टीका नेता एवं सर्लाही क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य प्रमोद साहको प्रमुख आतिथ्यतामा भएको भेलाबाट जसपाको लालबन्दी नगर समिति अध्यक्षमा अमिर पासवान र पद्म गोले दुई जना चयन भएका छन् ।
५१ सदस्यीय समितिमा सूर्यमान लोप्चन, जीतकुमारी वाइवा, जीतन चौधरी उपाध्यक्ष, दिल्लीप्रसाद पोखरेल सचिव लगायत अन्य रहेका नेता सुनिल कुमार साहले जानकारी दिए । भेलामा जसपा केन्द्रीय सदस्य संजय पासवान, बमबहादुर मोक्तान, गंगा लामा, क्षेत्रीय अध्यक्ष रामनरेश साह, ईश्वरपुर नगर अध्यक्ष पंची महतो, नेता रामचन्द्र साह, केशव न्यौपाने लगायत उपस्थित रहेका थिए ।