logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नेपाली सेनाकाे टाेली प्रदेश दुई डाेरी तानकाे च्याम्पियन


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा आईतबार सम्पन्न प्रदेश २ स्तरीय खुल्ला आमन्त्रण डोरी तान प्रतियोगिताकाे उपाधी नेपाली सेनाकाे टिमले चुमेकाे छ ।

आईतबार सम्पन्न फाईनल प्रतिष्पर्धामा सशस्त्र प्रहरीलाई पराजित गर्दै सेनाकाे टाेलीले उपाधी चुमेकाे हाे । उपाधीसंगै प्रथम हुने नेपाली सेनाकाे टाेलीले नगद ३० हजार रुपैंया सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेकाे छ भने उपविजेता सशस्त्र प्रहरीले २० हजार रुपैंयामै चित्त बुझाउन बाध्य भयाे ।

विजेता र उपविजेता टिमलाई हरिवन नगरपालिकाकी उपमेयर रेणुका पाैडेलले नगद र शिल्ड प्रदान गरिन् । डोरी तान संघ प्रदेश २ को आयोजनामा हरिवन–११ स्थित सूर्ति विकास खेल मैदानमा शनिबार दिउँसोबाट डोरी तान प्रतियोगिता सूरु भएको थियाे । प्रतियाेगितामा विभागिय नेपाली सेना र सशस्त्र प्रहरी बाहेक सर्लाही, रौतहट,बारा, धनुषा, सिराहा, सप्तरी, बरहथवा–११ गरी ९ वटा टिमले सहभागिता जनाएकाे डाेरी तान प्रदेश २ अध्यक्ष प्रभुनारायण शिवाकाेटी(श्याम) ले जानकारी दिए ।

शिवाकोटीको अध्यक्षता रहेकाे समापन समाराेहमा जनप्रतिनिधिहरु, खेल क्षेत्रका प्रतिनिधिहरु लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

प्रथम उपाधी विजेता टिमलाई शिल्ड प्रदान गरिँदै । (तस्बिर : उज्यालाे अभियान)