कार्यक्रममा बोल्दै महिला नेतृ महतो तथा उपस्थित अन्य महिला नेतृहरु । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहका अखिल नेपाल महिला संघ सर्लाहीले शनिबार जिल्ला स्तरीय अगुवा महिला कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
लालबन्दी नगरपालिका–६ स्थित निर्माणाधिन मदन आश्रीत भवनमा संघले कार्यक्रम सम्पन्न गरेको हो । ‘संविधानको पूर्ण कार्यान्वयन गर्दै समानताको सुनिश्चित गरौँ’ भन्ने नाराका साथ २४ गतेको अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा गरिएको कार्यक्रममा अनेम संघकी जिल्ला संयोजक तथा केन्द्रीय सदस्य कल्पना कटुवालको अध्यक्षता तथा पार्टीकी केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज कमलादेवी महतोको प्रमुख आतिथ्यता रहेको थियो । अनेम संघकी जिल्ला सचिव पार्वती विश्वकर्माको संचालन रहेको कार्यक्रममा संघकी केन्द्रीय सदस्य पवित्रा घिमिरेले स्वागत र हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल तथा ईश्वरपुर नगरपालिकाकी उपप्रमुख एकावति देवी चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै, कार्यक्रममा ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज कुमार देवकोटा, पार्टीका केन्द्रीय सदस्य राजनारायण साह, नेकपाका जिल्ला कमिटि सदस्य बलराम पोखरेल, नेकपा नेता एवं भूमि आयोग सर्लाहीका अध्यक्ष राजकुमार यादव लगायतका वक्ताहरुले महिलाका हक अधिकार सुनिश्चित गर्नका लागि आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।