लालबन्दी – उपचारका लागि ल्याइएका बालकको मृत्युपछि सर्लाहीको लालबन्दी सुक्रवार अपरान्हदेखि तनावग्रस्त बनेको छ ।
लालबन्दी नगरपालिका–६, का रमेश गिरीका ७ महिने छोराको मृत्यृपछि आक्रोशित गाउँलेले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर चक्काजाम गरेका छन् । प्रहरीले सम्झाई बुझाई गरी करिव एक घण्टा अवरुद्ध राजमार्ग केहीबेर अघिबाट खुलाएको छ ।
केही दिनदेखि लालबन्दी बजारस्थित गाउँमैत्री हेल्थ केयरमा उपचार भइरहेको बालकलाई सुक्रवार बिहान उपचारका लागि अन्यत्र लाने क्रममा बाटोमै मृत्यु भएको थियो । चिकित्सकले बेलैमा रेफर नगरेकाले घटना भएको भन्दै आक्रोशित आफन्त र गाउँले प्रदर्शनमा उत्रिएका छन् ।
यस विषयमा अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीमा छलफल चलिरहेको छ ।