logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पिडारीमा सामुदायिक भवनको उदघाटन


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीमा बिहिवार मुस्लिम सामुदायिक भवनको उद्घाटन गरिएको छ ।

२० लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त सामुदायिक भवनको विघटित प्रतिनिधी सभाका सदस्य प्रमोद साहले उद्घाटन गरेका हुन् । बिहिवार नै २० लाख रुपैयाँ लागतमा बन्ने मुस्लिम समुदायकै सहबाको शिलान्यास गरिएको छ ।

इस्लाम अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष हरिनाथ प्रसाद साह, जनता समाजवादी पार्टी (जसपा) का नगर अध्यक्ष संजय साह, नेता विश्वनाथ यादव, तपेश्वर महतो, रामविश्वास साह, प्रधानाध्यापक जवाहार यादव लगायतको उपस्थिति थियो ।