स्व. डाचाराज वाग्ले ।

हरिवन – दुर्घटनामा मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको शवको शनिबार दिउँसो सर्लाहीको कर्मैया स्थित बागमती नदी किनारमा दाहसंस्कार गरिने भएको छ ।
यसअघि विहिबार दिउँसो दाहसंस्कार नगर्ने र स्वास्थ्य विज्ञान अध्ययनका लागि शरिर दान गर्ने भन्दै वाग्लेको शव धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर शुक्रबार साँझ एक्कासी पार्टी एवं पारिवारिक निर्णय अनुसार वाग्लेको शवको शनिबार दिउँसो बागमती नदी किनारमा दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।
विहिबार बिहान सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पु¥याईएको स्व. वाग्लेको शव उनको चाहना अनुसार स्वास्थ्य विज्ञानमा अध्ययन गर्नका लागि शरिर दान गर्ने भन्दै विहिबार दिउँसै धरानतर्फ पठाईएको थियो । विहिबार दिउँसो लालबन्दीमा श्रृद्धाञ्जली कार्यक्रम गरेर उनको शव धरानतर्फ लगिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका सचिब कमल बुढाथोकीको नेतृत्वमा स्व. वाग्लेकी पत्नी, छोरा एवं दाजुभाई सहित परिवारका सदस्यहरुको सहभागितामा वाग्लेको शव धरान लगिएको थियो । सचिब बुढाथोकी शव पु¥याएर विहिबार राती नै सर्लाही फर्किएका थिए ।
जर्मनीमा रहेका मृतक वाग्लेका जेठा छोरा प्रज्वल वाग्लेले आफू नआईकन बुबाको पोष्टमार्टम नगर्न आग्रह गरेपछि शुक्रबार दिनभर पनि उनको शवको पोष्टमार्टम हुन सकेन । नेकपा सचिब बुढाथोकीका अनुसार शुक्रबार साँझ साँढे ४ बजे प्रज्वल धरान पुगेका छन् ।
अब शनिबार बिहान स्व. वाग्लेको शरिरको पोष्टमार्टम गरिने छ । घटना शंकाष्पद् भएकाले पार्टीका नेता कार्यकर्ता र परिवारका सदस्यले मृत्त शरिरको पोष्टमार्टम गर्ने अडान लिएको बताईएको छ । पोष्टमार्टम गरेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्ययनका लागि र शरिर दान नलिने भएकाले स्व. वाग्लेको पार्थिव शरिर दाहसंस्कारका लागि बागमतीमा ल्याउन लागिएको नेकपा सर्लाही सचिब बुढाथोकीले जानकारी दिए ।
‘घटना शंकाष्पद् देखिएकाले हाँमी र परिवारका सदस्यले पोष्टमार्टम गर्न भनेका हौं’, सचिब बुढाथोकीले भने, ‘तर पोष्टमार्टम गरेपछि शरिर दान नहुने रहेछ र स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्ययनका लागि शव नराख्ने रहेछ, शरिर दानका लागि पोष्टमार्टम गरेर चिरेको हैन सग्लो शरिर चाँहिने रहेछ, त्यसैले शनिबार दिउँसो उहाँको पार्थिव शरिरको बागमतीमा दाहसंस्कार गर्ने कार्यक्रम तय गरेका छौं ।’
शनिबार दिउँसो बागमती नदी किनारमा हुने ईन्चार्ज वाग्लेको पार्थिव शरिरको दाहसंस्कार कार्यक्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल वा अर्का अध्यक्ष माधव कुमार नेपाल मध्ये एकजनालाई बोलाउने तयारी भएको बुढाथोकीले जानकारी दिए । ‘भरसक प्रचण्ड कमरेडलाई नै उपस्थित हुन आग्रह गरेका छौं, नभए अर्का अध्यक्ष माधव कमरेडलाई पनि भनेका छौं’, सचिब बुढाथोकीले दाबी गरे, ‘प्रचण्ड र माधव कमरेड मध्ये एकजना उपस्थित हुनुहुन्छ होला ।’ शुक्रबार साँझ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेकपा स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल स्वयं उपस्थित रहेको उल्लेख गर्दै सचिब बुढाथोकीले शनिबार दिउँसो कोही न कोही वरिष्ठ नेता आउने दाबी गरे । सचिब बुढाथोकीले धरानबाट पोष्टमार्टम गरेर शव ल्याउन र दाहसंस्कारको कार्यक्रम सूरु गर्न दिउँसो २ बजे भनिएपनि केही ढिला हुने स्वीकार गरेका छन् ।
नेकपा ईन्चार्ज वाग्लेको शवको भोलीमात्र पोष्टमार्टम हुने
नेकपा ईन्चार्ज वाग्लेको शव धरान पठाईयो, दाहसंस्कार नहुने
ईन्चार्ज वाग्लेको मृत्यु घटना शंकाष्पद् भन्दै नेकपा सर्लाहीद्वारा निश्पक्ष छानविनको माग
नेकपा केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज वाग्लेको दुर्घटनामा मृत्यु
सर्लाही प्रहरीका अनुसार बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेका थिए । स्थानीयको खबर अनुसार तत्काल प्रहरी घटनास्थल पुगेको थियो । लगतै प्रहरीले वाग्लेको शरिरलाई उठाएर पा्रथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारका लागि लगेको थियो । त्यहाँका चिकित्सकले मृत्त घोषणा गरेका थिए । प्रहरीका अनुसार वाग्ले ज. १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए ।
कुनै जंगली जनाबरले बाटो काटेपछि तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई पल्टिएको वा आफै लडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ‘मोटरसाईकल र मृतकको अवस्था हेर्दा अर्को ठूलो सबारी साधनले ठक्कर दिएको जस्तो देखिँदैन’, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले उज्यालो अभियानसँग भने, ‘तथापी घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं, पोष्टमार्टम रिपोर्ट पश्चात थप कुराहरु खुल्ने छ ।’ मोटरसाईकलमा उनी एक्लै भएकाले अझैपनि घटनाबारे एकिन थाहा हुन सकेको छैन ।