हरिवन – प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा समूहको शुक्रबार काठमाडौंमा हुने आमसभामाभ सहभागि हुन सर्लाहीबाट तीनहजार भन्दा बढी नेता कार्यकर्ता गएको दाबी गरिएको छ ।
नेकपा ओली समूह सर्लाहीका नेता एवं हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंका अनुसार सर्लाहीबाट ३ हजार भन्दा बढी नेता कार्यकर्ता काठमाडौं गएका छन् । मेयर प्रसाईंका अनुसार ५५ वटा यात्रुबस तथा ३५ वटा टाटासुमो, स्कर्पीओ लगायत साना सबारी साधनमा तीनहजार बढी नेता कार्यकर्ता काठमाडौं गएका हुन् ।
केही टाटासुमो तथा स्कर्पीओ एवं मोटरसाईकलमा बुधबार नै नेता कार्यकर्ता काठमाडौं आईसकेको र विहिबार राती ५५ वटा यात्रुबस र बाँकी टाटासुमो एवं स्कर्पीओमा नेता कार्यकर्ता काठमाडौं आएको नेता प्रसार्इंले दाबी गरे । सर्लाहीबाट गएका नेता कार्यकर्ताहरुलाई खानपान र बासका लागि काठमाडौंमा नेकपा सर्लाहीका नेता केदार मैनालीले व्यबस्थापनमा सकृय भूमिका निर्वाह गरेको बताईएको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहले विहिबार आयोजना गरेको देशब्यापी आमहड्तालका कारण नेकपा ओली समूहका नेता कार्यकर्ताहरु विहिबार राती मात्र बस र जीपमा काठमाडौंतर्फ लागेका छन् ।