logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुरमा व्यवसाय सम्बन्धी तालिम


  • उज्यालो अभियान

हरिपुर – हरिपुर नगरपालिकाले आफ्नो नगरभित्रका ९० जना युवाहरुलाई व्यवसाय शुरु तथा सुुधार सम्बन्धि विषयमा केन्द्रीत रहेर तालिम दिन सुरु गरेको छ ।

नगरपालिकाको वडा नं १, २, ६ र ७ का युवा व्यवसायीलाई लक्षित गरी तालिम सुरु गरिएको जनाईएको छ । गरीबि न्यूनिकरणका लागि उद्यम विकास कार्यक्रम मार्फत यो तालिम संचालन भैरहेको नगरपालिकाले जनाएको छ । सात दिन सम्म संचालन हुने तालिममा राम ईश्वर दास र अनिल चौधरीले सहजीकरण गरिरहेको नगरपालिकाले जनाएको छ ।

तालिम पश्चात नगरका युवाहरुले सामूहिक रुपमा व्यवसाय गरी रोजगार सिर्जना गर्न सक्ने तथा युवाहरुलाई आत्मनिर्भर हुन मद्दत पुग्ने हरिपुर नगरपालिकाका नगरप्रमुख जमरुद्धिन मन्सुरको भनाई छ । यसरी तालिमका लागि छनोट भएका युवा व्यवसायीहरुलाई व्यवसाय संचालनमा कुनैपनि किसिमको समस्या परेमा नगरले पछि सम्म विभिन्न तवरबाट सहजीकरण गर्ने पनि नगर प्रमुख मन्सुरले बताए ।