सर्लाहीको बरहथवामा अति विपन्न परिवारलाई राहत बाँँडिदै । (तस्बिर : उज्यालो अभियान)


बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १० मा वुधवार झण्डै साँढे ४ सय परिवारलाई राहत वितरण गरिएको छ ।


दलित सरोकार मञ्च सप्तरीका भोला पासवानको पहलमा ताईवानको चुजी फाउण्डेसनले बहुजन समाज परिषद नेपाल मार्फत बरहथवा नगरपालिका–१०, का विभिन्न समुदायका अतिविपन्न परिवारलाई राहत प्रदान गरेको हो । बहुजन समाज परिषद्का राष्ट्रिय प्रभारी एवं दलित अधिकारकर्मी राजाराम पासवानले प्रति परिवार २५ किलो चामल, १० किलो पिठो, एक किलो नुन, एक लिटर तेल, एक किलो दाल, एक किनो चना र ४ वटा साबुन उपलब्ध गराइएको जानकारी दिए ।
उता सर्लाहीको गोडैता नगरपालिकाले जाडो बढेको भन्दै जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई कम्बल वितरण गरेको छ । गोडैता नगरपालिका वडा नम्बर–११ माधोपुरमा वुधवार एक कार्यक्रमकाबीच उक्त वडाका सबै जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई नगर प्रमुख देवेन्द्र यादवले कम्बल वितरण गरेका हुन् ।
