वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराउन बुधबार बिहान वृद्धाश्रम पुगेका महत परिवार । (तस्बिर ः उज्यालो अभियान)


जुटपानी – हरिवन बजार स्थित फर्निचर एवं फर्निसिङको होलसेल शोरुम स्मार्ट होम डेकोरका सञ्चालक विनोद महतले बुधबार परेको आफ्नो ३४औं जन्मदिन वृद्धाश्रममा आश्रीत वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएर मनाएका छन् ।


हरिवन नगरपालिका–८, चापिनी निवासी महतले बुधबार बिहान सपरिवार लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म–भूवनेश्वरी वृद्ध सेवाश्रममा पुगेर त्यहाँ आश्रीत वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका हुन् । उनले हरेक वर्ष जन्मदिनमा वृद्धाश्रममा मिष्ठान्न भोजन गराउने गरेको वृद्धाश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । व्यवसायी महत आमा ईन्दु, पत्नी सविना लगायत परिवारका सदस्य सहित वृद्धाश्रममा आएर बिहानको एक छाक मिष्ठान्न भोजन गराएको कोईरालाले जानकारी दिईन् ।
पछिल्लो समय जन्मदिन, पुण्यतिथि लगायतमा वृद्धाश्रममा मिष्ठान्न भोजन लगायत सहयोग समेत गर्ने प्रचलन बढेपछि वृद्धाश्रम सञ्चालनमा निकै टेवा पुगेको कोइरालाको भनाई छ । वृद्धाश्रममा केही बालबालिका सहित ४० जना भन्दा बढी वृद्धवृद्धाहरु आश्रीत छन् ।
