logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

प्रधानमन्त्री ओली विरुद्द नेकपा सर्लाहीकाे वृहद् विराेध प्रदर्शन


  • उज्यालो अभियान

मंगलबार सदरमुकाम मलंगवामा नेकपा सर्लाहीले निकालेको विरोध र्यालीका सहभागि । (तस्बिर : उज्यालो अभियान)
मंगलबार सदरमुकाम मलंगवामा नेकपा सर्लाहीले निकालेको विरोध र्यालीका सहभागि । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले संसद विघटनको विरोधमा आज (मंगलबार) सदरमुकाम मलंगवामा सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

पार्टी जिल्ला कमिटीको ब्यानरमा भएको विरोध प्रदर्शनमा प्रचण्ड–नेपाल–खनाल समूहका नेता कार्यकर्ताहरु सहभागी भएका थिए । पब्लिक माध्यमिक विद्यालयबाट सुरु भएको विरोध ¥याली मलंगवा नगर परिक्रमा गरी शहीद चाेकमा आएर विरोध सभामा परिणत भएको थियो । नेकपाका जिल्ला सचिव कमल बुढाथोकीले सञ्चालन गरेको विरोध सभालाई पूर्व मन्त्री एवं पार्टीका केन्द्रीय सदस्य रामेश्वर राय, अर्का केन्द्रीय सदस्य एवं पार्टी जिल्ला इन्चार्ज डाचाराज वाग्ले र जिल्ला अध्यक्ष रेवती पन्तले सम्वोधन गरेका थिए । 

जिल्लाभरबाट ठूलो संख्यामा सहभागी पार्टीको झण्डा बोकेर टाउकोमा कालो पट्टी बाँधी सहभागी भएका नेता कार्यकर्तालाई सम्वोधन गर्दै तीनै जना वक्ताले संविधानलाई लत्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको चर्को विरोध गरेका थिए । नेकपाको प्रचण्ड–नेपाल–खनाल गुटले आज देशभरनै एकैसाथ यसरी प्रदर्शन गरेको हो । यसअघि दुई गुटबीच झडप हुन नपाओस् भनेर आज मात्रै सदरमुकाम मलंगवामा रहेको नेकपा पार्टी कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।