

कविलासी – सर्लाहीको कविलासीमा रहेको एक विद्यालयमा आईतवार व्यवस्थापन समिति गठन गरिएको छ ।


कविलासी नगरपालिका वडा नं. –८, मा रहेको जनता आधारभूत विद्यालयमा नौ सदस्यिय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । आईतवारको अभिभावक भेलाबाट सर्वसम्मत रुपमा सोगारथ दुषादको अध्यक्षमा समिति चयन गरिएको विद्यालयले जनाएको छ । त्यस्तै, सदस्य सचिवमा शिक्षक संघ प्रदेश २ का उपाध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक भाग्यनारायण मिश्र, शिक्षक प्रतिनिधि सदस्यमा चाँदनी कुमारी मण्डल, महिला सदस्यमा सोनमा देवी, दलित सदस्यमा सागरदेवी राम, वडा नं ८ का वडाध्यक्ष विरेन्द्र प्रसाद साह, विनोद साह, उमेश ठाकुर र पुनिता देवी महतो सदस्यमा भएका कविलासी नगरपालिकाको शिक्षा शाखाका रामवचन रायले जानकारी दिए ।

अभिभावक भेलामा कविलासी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश लुईटेल, मावि सलेमपुरका प्रधानाध्यापक रविन्द्र राय, मावि अर्गवाका प्रधानाध्यापक नागेश्वर रायलगायतको उपस्थिति रहेको थियो । जिल्लाका विभिन्न पालिकाका विद्यालयहरुमा अहिले अभिभावक भेला गरेर व्यवस्थापन समिति गठन गर्ने काम भइरहेको छ ।