logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सिरानीमा राखेको सबा लाख आगोले खरानी


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १७ श्रीपुरस्थित एक घरमा शुक्रवार राती आगलागी भएको छ ।

स्थानीय जगर्नाथ ठाकुरको एक तल्ले काठको कच्ची घरमा राती १० बजेतिर आगलागी भएको हो । घरको पश्चिमपट्टीको कोठामा भएको आगलागीमा परी सिरानीमा राखिएको १ लाख २० हजार नगद, कपडा, एक थान मोवाईल, पलङ लगायतका सामग्री जल्दा एक लाख ७४ हजार रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका ईलाका प्रहरी कार्यालय हीरापुरले जनाएको छ ।

आगो तत्कालै निभाइएकाले थप क्षति हुन नपाएको गाउँलेले बताएका छन् ।