logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चतुर्भूजेश्वर जनता माविको स्वर्ण जयन्ति भोली, तयारी पूरा


  • उज्यालो अभियान

स्वर्ण जयन्तिबारे जानकारी दिन वुधवार आयोजित पत्रकार सम्मेलन । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय सुखेपोखरीको भोली (बिहिवार) हुने स्वर्ण जयन्ति समारोहको तयारी पूरा भएको छ ।

हरिवन नगरपालिका–१० स्थित विद्यालयमा आज (वुधवार) दिउँसो पत्रकार सम्मेलन गरी भोली व्यापक जनसहभागिताकाबीच भव्य रुपमा मनाउन लागिएको ५० औँ वार्षिकोत्सव एवं स्वर्ण जयन्ति समारोहको तयारी पूरा भएको जानकारी गराइएको हो ।

समारोहमा विद्यालयको स्थापनाकालका जग्गादाता, चन्दादाता, पूर्व प्रधानाध्यापक, २५ वर्ष भन्दा बढी सेवा गरेका पियनदेखि शिक्षकसम्म, विद्यालयमा अध्ययन गरी राष्ट्रको उच्च पदस्थ पदमा पुग्न सफल पूर्व विद्यार्थी लगायतलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको मूल आयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तकुमार ब्लोनले जानकारी दिए ।

विद्यालयको यस शैक्षिक महाकुम्भ सम्पन्न गर्न करिव २० लाख खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये हरिवन नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको विद्यालयका शिक्षक समेत रहेका नेपाल शिक्षक महासंघ हरिवनका अध्यक्ष एवं मूल समारोह समितिका सूचना अधिकारी पुष्कर बुढाथोकीले बताए ।