संघीय संसद् विघटन गरिएको विरोधमा सोमवार नेविसंघले पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दीमा निकालेको जुलुस । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – प्रतिनिधि सभाको संसद् विघटनको विरुद्धमा सोमवार पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दीमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बेग्लाबेग्लै ¥याली निकालेका छन् ।
सोमवार दिउँसो नेपाली काँगे्रसले लालबन्दीको पश्चिम बसपार्कदेखि डुमडुमे मन्दिरसम्म ¥याली निकाली पुन बसपार्कमै पुगेर कोण सभा ग¥र्यो । काँगे्रसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सर्लाहीको आयोजनामा निकालिएको ¥याली पश्चात भएको कोण सभालाई सम्वोधन गर्दै नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलेअसंवैधानिक किसिमले संसद विघटन गरेर अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए ।
उनले देशलाई अस्थिरतातर्फ धकेल्ने ओलीको यो कदमलाई सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरे । नेविसंघका नेता युवराज देवकोटाले सञ्चालन गरेको कार्यक्रममा काँगे्रस लालबन्दीका नगर सभापति प्रशान्त आचार्य, नगर प्रमुखका प्रत्यासी कुवेर आचार्य, नेता सुरेन्द्र न्यौपाने, बाबुकाजी प्रधान, सेख सहदुल्ला लगायत माउ पार्टी काँगे्रस र विद्यार्थी संगठन नेविसंघका नेता कार्यकर्ताहरु उपस्थित भएका विद्यार्थी नेता गोपाल कार्कीले जानकारी दिए ।
यसैबीच संसद् विघटनको विरुद्धमै नेकपा नगर कमिटीले डुमडुमे मन्दिरदेखि मरिण चौकसम्म ¥याली निकालेको छ । सोमवार साँझ निकालिएको ¥याली पश्चात मरिण चौकमा भएको कोण सभालाई सम्वोधन गर्दै पार्टीका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी र पूर्व नगर कमिटी अध्यक्ष राजन काफ्लेले संसद् विघटनको निर्णय तत्काल फिर्ता हुनुपर्ने बताए ।
पार्टीका नगर कमिटी सचिव लेखाराम जर्गा मगरले सञ्चालन गरेको कार्यक्रममा प्रदेश सभा सदस्य एवं पार्टीकी प्रदेश कमिटी सदस्य बेची लुंगेली, विश्वजित डिसी, मनिष माझी लगायत जिल्ला कमिटी तथा नगर कमिटीका साथै विद्यार्थी नेताहरुको उपस्थिति थियो ।
यस्तै संसद् विघटनको विरोधमा सोमवार बरहथवा बजारमा पनि नेकपा निकट युवाहरुले विरोध प्रदर्शन गरेका छन् । बरहथवामै सोमवार राजावादीहरुले समेत राजा आऊ, देश बचाऊ भन्दै ¥याली निकालेका छन् ।
उता सदरमुकाम मलंगवामा भने प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम ठीक रहेको भन्दै उनको समर्थनमा सोमवार दिउँसो प्रदर्शन गरिएको छ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला सहसंयोजक समिमबाबु खानको नेतृत्वमा प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय झण्डासहित प्रदर्शन गरिएको हो ।
यसअघि नेकपा र उसको विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रिय नेताहरु समेतको उपस्थितिमा आईतवार हरिवनमा विरोध प्रदर्शन गरिएको थियो । पछिल्लो राजनीतिक घटनाक्रमपछि बढ्दो प्रदर्शनलाई मध्यनजर गर्दै अन्य ठाउँहरुमा जस्तै सर्लाही जिल्लामा पनि सुरक्षा सतर्कता बढाइएको छ । अहिले जिल्लाभर नै सबै सुरक्षा निकायलाई थप अलर्ट अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।