logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा भोलीबाट वडा स्तरीय फुटबल, नेपाल फुटबल संघका केन्द्रिय सदस्य लामाद्वारा सहयोग


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१० सुखेपोखरीमा आईतवार (भोली) बाट सुरु हुन लागेको प्रथम अन्तर वडा फुटबल प्रतियोगिता सन्चालनका लागि नेपाल फुटबल संघका केन्द्रिय सदस्य दावा लामाले सहयोग प्रदान गरेका छन् ।

लामाले प्रतियोगिताको आयोजक न्यू हरिवन युवा क्लबलाई झण्डै ५० हजार रुपैयाँ बराबरको जाली, झण्डा, फुटबल लगायतका सामग्री प्रदान गरेका क्लबका अध्यक्ष निरोज कार्कीले जानकारी दिए । सचित न्यासुरमार्फत नेपाल फुटबल संघका केन्द्रिय सदस्य लामाले सहयोग उपलब्ध गराएका हुन् ।

सुखेपोखरी खेल मैदानमा हुने प्रथम अन्तर वडा फुटबल प्रतियोगितामा हरिवन नगरपालिकाभित्रका सबै वडाले सहभागिता जनाउने अध्यक्ष कार्कीले बताए । आईतवारदेखि सुरु हुने प्रतियोगिता पुस १२ गतेसम्म संचालन हुनेछ ।